न्युजर्सी गभर्नरले मनाए एशियन अमेरिकन र प्यासिफिक आईल्याण्डर हेरिटेज महिना उत्सव


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

अमेरिकाको न्युजर्सी राज्यका गभर्नर फिल मर्फी र फस्र्ट लेडी ट्यामी मर्फीद्वारा एशियन अमेरिकन र प्यासिफिक आईल्याण्डर हेरिटेज महिना उत्सब गभर्नर निवासमा सम्पन्न भएको छ । न्युजर्सी राज्यका झण्डै ३० जना एशियन अमेरिकन अगुवाहरुलाई निम्ताएर मनाईएको उक्त समारोहमा जर्सी सिटी शहरबाट काउन्सिल प्रेडिडेण्ट रोलाण्डो लाभारो र जर्सी सिटी शहरका मेयरकी सल्लाहकार डा. बिष्णुमाया परियार सहभागी रहेका थिए ।

मे ८ तारिख बेलुकी आयोजित समारोहमा गभर्नर मर्फी र फस्र्ट लेडी ट्यामी मर्फीले एशियन अमेरिकन समारोहलाई सम्बोधन गर्दै कम्युनिटी भेलालाई राज्यको समावेशीकरणको उदाहरणीय नमूना भएको उल्लेख गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अघि गभर्नर मर्फीले गत मार्च १३ मा प्रस्तुत गरेको अमेरिकी डलर ३७.४ बिलियन डलर बजेटबाट स्थानीय कम्युनिटीको आवश्यकता अनुसार कसरी सेवा गर्न सकिन्छ भनेर अप्रिल ९ तारिख कम्यूनिटी कोलिएसनका सामाजिक अगुवाहरुसँग विशेष बैठक डाकेर छलफल गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com