न्युयोर्कमा अमेरिकी अध्यागमनबारे सार्वजनिक बहस
प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार
बलेवा समाज अमेरिकाको आयोजनामा आइतवार न्युयोर्कमा निशुल्क कानुनी परामर्श कार्यक्रम सम्पन्न भएको छ । कानुन व्यवासायी बासु फुलारा मार्फत अमेरिकामा रहेका नेपालीहरुको कानुनी समस्या समाधानका लागि न्युयोर्कमा एक दिने निशुल्क कानुनी परामर्श कार्यक्रम गरिएको थियो ।
न्यूयोर्क ज्याक्सन हाइटस्थित थकाली किचनको सभाहलमा भएको कार्यक्रममा करिव एक सय जना प्रत्यक्ष सहभागी भएर कार्यक्रममा आफ्ना समस्या कानुन व्यवसायीमार्फत समाधानको प्रयास गरेका थिए ।
अमेरिकामा कागजी प्रकृयामा रहेका तथा कागजपत्र बिहिनहरु कार्यक्रममा स्वयंम उपस्थित भएर कानुनी समस्याहरुको समाधान खोजिएको समाजका अध्यक्ष अनिल अधिकारी जानकारी दिएका छन् ।
कार्यक्रममा आम सर्वसाधारणबाट टिपिएस १ बर्षका लागि मात्रै थपिएको यसपछिको भविश्य, नागरिकता, ग्रिन कार्ड, वर्क परमिट लगायतका सबै साझा समस्याका सयौं प्रश्नहरु आएको समाजका महासचिव कृष्ण सुवेदीले जानकारी दिए ।






