बजेट अधिवेशन आजदेखी सुरु


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

काठमाडौँ — संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु भएकोछ । संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको छ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठकमा सरकारले राष्ट्रपतिद्वारा जारी ४ अध्यादेश र नियमावली मस्यौदा समितिको प्रतिवेदन आज दिउसो पेस गर्ने सम्भावना छ ।

राष्ट्रपतिले दुई साताअघि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश सिफारिस गर्नुभएको छ ।

संसद् सचिवालयका अनुसार चिकित्सा शिक्षा र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश शुक्रबार नै संसद्मा दर्ता भइसकेको छ । अरू दुई अध्यादेश आइतबार बिहानै दर्ता गरेर अपराह्न दुवै सदनमा पेस हुने सचिवालयले जनकारी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेठ १५ मा प्रस्तुत गरिने बजेट जेठ पहिलो साताभित्र नीति तथा कार्यक्रम प्रस्तुत गरी, प्रधानमन्त्री केपी ओलीले पारित गर्ने जानकारी दिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com