विद्युत् चोरी गर्ने दशजना पक्राउ


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

वैशाख, २१ राजविराज । सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको केन्द्रका प्रमुख चन्देश्वर साहले बताउनुभयो । पक्राउ परेका उनीहरुको साथबाट पाँच थान मोटर, दुई थान पंखा एक थान टिभी र दुई थान विद्युत् मिटर बरामद गरिएको प्रमुख साहले जानकारी दिए ।

पक्राउ परेकामाथि विद्युत् ऐनअनुसार रु पाँच हजारका दरले जरिवाना तिराएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केही दिनयता विद्युत चोरी हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले हुकिङ नियन्त्रण अभियानलाई तीव्रता दिएको बताइएको छ । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com