एड्वानद्वारा ‘महत्वाकांक्षी छात्राकोष’ बाट शिक्षा प्राप्त विद्यार्थीहरुलाई सम्मान, शिक्षामन्त्री पोखरेलद्वारा अनिवार्य शिक्षा निति ल्याउने घोशणा
प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार
काठमाडौं- नेपाल दलित महिला उत्थान संघ (एड्वान) द्वारा आयोजित ‘उच्च शिक्षामा दलित महिलाको अवस्था, छात्रवृति तथा सम्मान समारोह’ मा नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले एड्वानद्वारा सन्चालित ‘महत्वाकांक्षी छात्राकोष’ Ambitious Girls Fund (AGF) बाट शिक्षा प्राप्त विद्यार्थीहरुलाई सम्मान गरे भने नेपाल सरकारले निकट भविश्यमा अनिवार्य शिक्षा निति ल्याउने घोशणा गरेका छन् । एडवानकि संस्थापक अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक डा. बिष्णुमाया परियारले एडवानले दलित, सिमान्तकृत महिलाहरुको शसक्तिकरण र उनीहरुका बालबालिकाहरुलाई पाठ्य समाग्री, स्कूल युनिफर्म र स्कलरशिप प्रदान गर्दै आएको जानकारी गराईन् । स्थापना काल सन् १९९८ देखी हालसम्म एड्वानको शैक्षिक कार्यक्रमबाट झण्डै १५ हजार बालबालिकाहरु लाभान्बित भएकाछन् भने ‘महत्वाकांक्षी छात्राकोष’ बाट २३२ जना किशोरी विद्यार्थीहरुले कलेज स्तरको उच्च प्राबिधिक शिक्षा हाँशिल गर्न सफल भएकाछन् । यो साल सन् २०१८ मा थप १०० जना विद्यार्थीहरुले ‘महत्वाकांक्षी छात्राकोष’ प्राप्त गर्ने घोशणा गरिएको छ ।
समारोहलाई सम्बोधन गर्ने वक्ताहरुमा शिक्षामन्त्री पोखरेल, एडवानकि संस्थापक अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक डा. बिष्णुमाया परियार, नेकपा एमाले सभासद मीरा जैरु, नेकपा माओवादी केन्द्र सभाषाद अन्जना बिसंखे, दलित आयोग निबर्तमान सदस्य सचिव सीताराम घले, एनआरएन ओपन शिक्षा अभियन्ता एवं एड्वान सल्लाहकार डा. प्रमोद ढकाल, समालोचक प्रा. लिला लुईटेल, पिडिआरसी अध्यक्ष कमला हेम्चुरी, कारोबार दैनिकका प्रबन्ध सम्पादक शिशिर भट्ट, आरडिएन अध्यक्ष गणेश बिक, डिजब्ल्यूए अध्यक्ष मोतीलाल नेपाली, दलित बिकास समितिको कार्यकारी निर्देशक डा. बुद्धी नेपाली, शिक्षक सानुबाबु आले मगर, सम्मानित विद्यार्थीहरू लक्ष्मी काप्री, लक्ष्मी किसान र बबिता परियार लगायतले सम्बोधन गरेका थिए ।
समारोहको सभापतित्व संस्थाकी अध्यक्ष पम्फा परियार गुरुङले गरेकी थिईन् । स्वागत मन्तव्य महासचिव बिन्दु परियार थापा मगर, कार्यक्रमबारे कार्यकारी निर्देशक कमलबाबु परियारले प्रकास पारेका थिए । सन्चालन संचारकर्मी आरती लम्सालले गरेकी थिइन् ।
अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरका मेयरकि सल्लाहकार समेत रहेकी डा. परियारले सन् १९९८ देखि सुरु गरेको संस्था एड्वान (ADWAN.ORG) ले हालसम्म सात जिल्लाहरुका २७ गाबिसमा स्थापित २९२ महिला समूहहरु मार्फत ३४ हजार महिला तथा उनीहरुका परिवारका सदस्यहरु र ३५ बिद्यालयहरुका १५ हजार बेशी बालबालिकाहरुलाई लाभान्बित गरेको छ ।