कसरी कमाउन्छन् त आइपिएलमा टिमका मालिकले ?


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

आषिस खनाल । आइपिएलको उपाधी टिमले जित्नेले १५ करोड भारु पाउन्छ तर टिमले एउटै खेलाडिलाई १०-१२ करोड भारु तिरेको हुन्छ, अझ तेस्मा खेलाडिलाई प्राक्टिस ,ट्रेनिङ आदिका लागी पनि करोडौ खर्छ गर्छन् । तेसैले उपाधी जितेर मात्र त पक्कै पैसा उठ्दैन अझ अचम्म के छ भने यहाँ हार्ने टिम पनि नाफामै हुन्छ ।

तेसोभए कसरी कमाउन्छन् त आइपिएलका टिम मालिकले ?
आइपिएलको आर्थिक श्रोत तीन भागमा बाड्न सकिन्छ । तेस्मध्य पहिलो हो मार्केटिङका फाइदाहरु । आइपिएल खेलको बिच बिचमा बिज्ञापनहरुमा हामिले फ्रेन्चाइसका खेलाडिहरुलाई बिज्ञापनमा देख्न सक्छौ तर त्यो बिज्ञापनको पैसा खेलाडिलाई नभै टिम मालिकलाई जान्छ ।यो समयभरी टिम मालिकले आफ्ना खेलाडिहरुलाई अरु कम्पनिलाई बेच्न सक्छन् ।यसबाट टिम मालिकले राम्रो आमदानी गर्ने गर्दछन् ।

आइपिएलको आम्दानिको दोस्रो र मुख्य श्रोत भनेको ब्रोडकास्टिङ अधिकार र स्पोन्सरशिप हो । ब्रोड्कास्टिङ अधिकार भनेको टिभी र अन्लाईनमा लाईभ स्टृम गर्ने अधिकार हो ।यस्को लागी टिभी कम्पनिहरुले मोटो रकम तिर्ने गर्दछन् ।पहिलो पल्ट सोनी पिक्चर्स नेटवर्कले १० वर्षका लागी कारीब ४००० करोड भारुमा किनेको थियो भने अहिले स्टार स्पोर्ट्स इन्डिया नेटवर्कले आगामी पाच बर्षका लागी १६३५० करोड भारुमा किनेको छ ।यो पैसा बिसिसिआइ र टिम मालिकहरुमा बाडिन्छ ।यो रकम सधै ठुलो हुने गर्दछ ।अर्को श्रोत भनेको स्पन्सरशिप हुने गर्दछ । हामिले बाउन्डृका रसी देखी हेल्मेट,ब्याट,जर्शी आदिमा देखिने लोगोहुने सबै स्पन्सर हुन् र यिनले पनि मोटो रकम तिरेका हुन्छन् ।यो पैसापनी टिममा बाडिन्छ ।

तेश्रो र अन्तिम श्रोत भनेको टिकट र प्राइज मनी हुनेगर्दछ ।प्राइज मनी भने खेलाडिहरुलाई र टिम मालिकलाई आधा आधा बाडिन्छ । जित्ने टिमलाई मुख्य फाइदा भनेको आइपिएलका टप चार टिम च्यामपियन्स लिगमा पनि सहभागी हुन पाउन्छन् र खेल बड्नु भनेको ब्रोड्कास्टिङको अधिकारको पैसा बड्नु हो ।यस्ले टिम मालिकलाई मुनाफा बडाइदिन्छ जस्ले गर्दा सबै टिम ट्रफी नजितेपनी टप ४ मा जाने सक्दो प्र्यास गर्दछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com