प्रदेश सरकारलाई समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य : प्रमुख कायस्थ


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

प्रदेश सरकारलाई सफल र समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य रहेको प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनुभएको छ ।

एफइएस नेपाल तथा सेट्स नेपालको आयोजनामा ‘प्रजातन्त्रको सुदृढीकरणमा नागरिक शिक्षाको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आज प्रमुख कायस्थले प्रजातन्त्रको रक्षा तथा सुदृढीकरणमा हरेक नागरिकको सहयोगको आवश्यक्ता रहेकाले नागरिक शिक्षाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश सरकारबाट हुने कमीकमजोरीलाई बेलाबेलामा नागरिक समाजले लिखित रुपमा सुझाव दिई प्रजातन्त्रलाई सबल पार्न सबैले आ–आफ्नो ठाउँबाटै सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा जनकपुरका वरिष्ठ पत्रकार राजेश्वर नेपालीले हरेक भाषाको संरक्षण गरी अगाडि बढ्न सकेमा देश समृद्ध हुने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई दिनसम्म चल्ने सो कार्यक्रममा अधिकांशले प्रजातन्त्रको सुदृढीकरणमा नागरिक शिक्षाको खाँचो रहेको औँल्याएका थिए ।
कार्यक्रममा प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, एफइएस नेपालका कन्ट्री डाइरेक्टर जर्मन नागरिक ऐनेट स्लिस्ट, पूर्व मन्त्री यदुवंश झा, सरस्वती चौधरी, शीतल झा, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, अधिवक्ता तथा पत्रकारको उपस्थिति रहेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com