बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म : सभामुख महरा


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

सभामुख कृष्णबहादुर महराले बहुभाषा, बहुजाति, बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म भएको बताउनुभएको छ ।

प्रथम मारवाडी महोत्सवको आज यहाँ शुभारम्भ गर्दै उहाँले विविधतामा नै एकता नेपालको सुन्दरता हो भन्नुभयो । सभामुख महराले औद्योगिक व्यवसायलाई प्रवद्र्धन गर्न मारवाडी समुदायको पनि भूमिका रहेको चर्चा गर्दै मानवीय सेवाका क्षेत्रमा मारवाडी समुदायको निरन्तर सहयोगले विपन्न वर्गको उत्थान भइरहेको विचार व्यक्त गर्नुभयो ।

झापा मारवाडी समाजद्वारा आयोजित सो समारोहमा उहाँले मारवाडी गौरव सम्मानबाट प्रा डा जगदीश अग्रवाल, विनोद चौधरी, ओमप्रकाश सारवी, दिनबन्धु गोयललगायतलाई सम्मानित गर्नुभएको थियो ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतको आर्थिक समृद्धिमा मारवाडी समुदायको उल्लेखनीय योगदान रहेको चर्चा गर्नुभयो । सो महोत्सवमा मारवाडी समुदायका वेशभूषा, रहनसहन, खानपिन झल्किने प्रदर्शनी गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com