दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जङ-अन पहिलो उत्तर कोरियाली नेता


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जङ-अन पहिलो उत्तर कोरियाली नेता बनेका छन्।

दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले उत्तर कोरियाली नेता किम जङ-अनसँग मुस्कुराउँदै हात मिलाएका थिए।
दक्षिण कोरियाको भूमिमा पहिलो पटक पाइला टेकेका किमले उत्तर कोरियाली भूमिमा छिमेकी राष्ट्रपति मूनलाई पनि पाइला टेक्न लगाएको दृश्य अभूतपूर्व देखिएको थियो।
दुवै नेतालाई कोरियाली परम्परागत सम्मान गारद दिइएको थियो र दुई देशको राष्ट्रियगान बजाइएको थियो।

सोलस्थित रेल्वे स्टेशनमा मानिसहरूले टेलिभिजनको ठूलो पर्दामा कौतुहलताका साथ आफ्ना नेताले उत्तर कोरियाली नेतालाई भेटेको दृश्य हेरिरहेका थिए।

मून र किमबीच भेट भएको दृश्य टेलिभिजनमा हेर्दै दक्षिण कोरियाको पाजू शहरका मानिसहरूले झण्डा हल्लाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुवै नेताले शुक्रवार रातिको खाना एकसाथ खाने समाचारहरूमा जनाइएको छ।

२ दशमलव ०१८ मिटर व्यास भएको यो टेबल ऐतिहासिक वार्ताका लागि बनाइएको छ। नेताहरू वार्तामा बस्ने कुर्सीहरू ओखरको बोटको काठबाट बनाइएको छ।

शिखर बैठक कोरियाली प्रायद्वीपमा पारमाणविक अस्त्रको भविष्य र दुई कोरियाबीचको युद्ध अन्त्य भएको औपचारिक घोषणा लगायतका विषयमा केन्द्रित हुने दुई देशले बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com