अमेरिकी सदनमा अमेरिकाकै विरोध गरे फ्रान्सेली राष्ट्रपतिले


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले अमेरिकी संसद्का दुवै सदनलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अंगीकार गरेका केही नीतिको विरोध गरेका छन् । राष्ट्रपति म्याक्रोनले पेरिस सम्झौताबाट अमेरिका अलग हुन नमिल्ने र सो सम्झौताप्रति अमेरिका कटिबद्ध रहेको बताए ।

म्याक्रोनले सम्बोधन गर्दा बारम्बार सांसदहरूले ताली बजाएका थिए । सम्बोधन गर्न लागेका म्याक्रोनप्रति सांसदहरू तीन मिनेटसम्म उभिएर सम्मान दर्साएका थिए । अमेरिका र फ्रान्सका धेरै विषयमा समान दृष्टिकोण भए पनि म्याक्रोनले अन्तर्राष्ट्रिय व्यापार, इरान मामिला र वातावरणका विषयमा आफ्नो फरक मत राखेका थिए । उनले अमेरिका र फ्रान्सबीचको सम्बन्धको प्रशंसा गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com