दाङमा क्रसर उद्योग साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न नपाइने


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

वैशाख १३, दाङ । – तुलसीपुर उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्मका लागि क्रसर उद्योग सञ्चालन गर्न नदिने भएको छ ।

उपमहानगरपालिकाको आज बसेको २८ औँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।

रातिको समयमा क्रसर उद्योग सञ्चालन हुँदा नजिकको वस्तीमा असर गर्ने भएकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो ।

यसैगरी कार्यपालिकाका बैठकले प्राकृतिक स्रोत, साधन, ढुँगा, गिट्टी, वालुवाजस्ता नदीजन्य खनिज पदार्थ बिहान छ बजेदेखि साँझ ७ बजेसम्म मात्र तोकिएका स्थानबाट उत्खनन गर्न पाइने निर्णय गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यपालिकाको निर्णय कार्यान्वयनका लागि छिट्टै अनुगमन पनि गरिने उपमहानगरपालिका प्रवक्ता डाँगीले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com