प्रम अाेलीकाे दाबी : गिरिजाप्रसाद कम्युनिस्‍ट थिए, मनमोहन अास्थाका धरहरा !


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला सुरूमा कम्युनिस्‍ट भएको दाबी गरेका छन् ।

१९ औँ मनमोहन स्मृति दिवसको अवसरमा अाज मनमोहन प्रतिष्ठानले सानेपामा अायाेजना गरेको स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘मनमोहनको संगतले गिरिजाप्रसाद कोइराला विक्रम संवत १९९९ देखि २००४ सम्म कम्युनिस्‍ट पार्टीकाे सदस्य हुनुहुन्थ्याे, तर पछि गैरकम्युनिस्‍टलाई पक्राउ गरेको भ्रम फैलाएर बिपी कोइरालालाले उहाँलाई कांग्रेसमा लैजानुभयाे ।’

त्यस्तै, ओलीले मनमोहन अधिकारी कम्युनिस्‍टको स्थापना हुनु सात वर्ष पहिल्यै भारतको जेलमा रहेको र मनमोहन एक अविचलित आस्था र निरन्तरताको धरहरा भएको समेत अाेलीले दाबी गरे।

उनले कम्युनिस्‍ट एकता गर्ने भनिएकाे दिन बैशाख नाै गते ‘केही केटाकेटी’ले नबुझेर नेताको ब्यानर च्यात्नु गलत भएको बताए । उनले मञ्चमा टाँगेको ब्‍यानर च्यात्नु र पञ्चायतका बेला कम्युनिस्‍ट आन्दोलन गर्नु फरक रहेको सुनाए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, ओलीले जुनदिनमा हामीले पुष्पलाल, मनमोहन र मदन भण्डारीको योगदानलाई विर्सन्छौँ त्यो दिन कम्युनिस्‍ट आन्दोलनको औचित्य पनि नरहे उल्लेख गरे। कम्युनिस्ट एकता ढिलाेचाँडाे हुने भएरै छाड्ने बताएका अाेलीले सबल सुदृढ र एकिकृत पार्टी निर्माण गर्न प्रतिबद्ध रहेको दाबी गरे ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com