भूकम्पको ३ वर्ष तर रंगासाला उस्तै के १० महिनामा पुरा होला त ? (फोटो फिचर)


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

२०७२ वैशाख १२ गतेको भुकम्पमा भत्किएको देशको एउटा मात्र अन्तराष्ट्रिय रंगशाला दशरथ रंगशाला पुनर्निर्माणको काम अझै सकिएको छैन । रंगशाला पुनर्निर्माण नसकिँदा त्यहाँ आयोजना हुँदै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टर तथा अरु मैदानमा हुने गरेको छ । ढिलो गरीसुरु भएको रंगशाला पुनर्निर्माणको काम अबकोे १० महिनामा सकिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । १० महिनामा प्रतियोगिताकै लागि रंगशाला तयार हुने परिषदका सदस्य सचिव केशव कुमार विष्टको दावि छ । पुनर्निर्माणका लागि विभिन्न चरणका प्रकृया पुरा गर्नुपर्ने भएकाले काम ढिलो सुरु भएको विष्टको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com