दमकमा छतबाट खसेर एक महिलाको मृत्यु


प्रकाशित मिति : बैशाख ७, २०७५ शुक्रबार

वैशाख ७, दमक । झापा दमकमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ ९ गुरुङ ० रहेको छ ।

श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खस्नुभएको थियो । घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएकी कमलाको उपचारका क्रममा आज बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनाबारे प्रहरी अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com