नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित


प्रकाशित मिति : बैशाख ७, २०७५ शुक्रबार

वैशाख ७, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति आज बस्ने भनिएको  बैठक स्थगित भएको छ। केन्द्रीय सदस्यहरू काठमाडौं बाहिर रहेकाले स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यलयले जनाएको छ ।

चैत्र ९ गतेदेखि सुरु बैठक भएर १६ गते स्थथगित भएको बैठक शुक्रबार ११ बजेका लगि बोलाइएको थियो । यसअघि केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भएपछि बैठक स्थगित भएको हो। शुक्रबार बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत धेरै केन्द्रीय सदस्य अनुपस्थित हुने भएकाले स्थगित भएको हो ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा र आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com