नरदेवी आयुर्वेद अस्पतालका प्रुमख घुस लिदै गर्दा अख्तियारको नियन्त्रणमा


प्रकाशित मिति : बैशाख ४, २०७५ मंगलबार

वैशाख ४, काठमाडौं । नरदेवी आयुर्वेद अस्पतालका प्रुमख रामदेव यादव ३५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार अस्पतालमा अन द जव ट्रेनिङका लागि आएका ३५ जना विद्यार्थीबाट यादवले जनही एक हजार रुपैयाँका दरले घुस लिएका हुन् ।

आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com