भक्तपुरको बिस्केट जात्रामा लिङ्गो उठाइयो (फोटो फिचर)


प्रकाशित मिति : चैत्र ३०, २०७४ शुक्रबार

तान्त्रिक महत्व बोकेको प्रसिद्ध ऐतिहासिक एवम् साँस्कृतिकरुपमा मनाइने लिच्छवीकाल बिस्केट जात्राको अवसरमा सोमबार लिङ्गो उठाइएको छ ।

नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिअनुरूप पोटरी स्क्वायरमा हजारौं सहभागितामा हात नभएको लिङ्गो उठाएपछिे जात्रा विधिवतरुपमा सुरु भएको थियो ।
पचपन्न हात लामो उक्त लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गो कोखा ९टुप्पो० मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ डोरीले बाँधेर त्यसलाई तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा,विश्वध्वजा र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com