कानून मन्त्रालयको सचिवमा राजीव गौतम सरुवा, डिल्ली घिमिरेको बढुवा


प्रकाशित मिति : चैत्र २७, २०७४ मंगलबार

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार आज विहान बसेको बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानून मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

सचिव कमलशाली घिमिरे अवकाश भएपछि रिक्त रहेको स्थानमा गौतम सरुवा गरिएको छ । त्यस्तै कानून मन्त्रालयका सहसचिव डिल्ली घिमिरेलाई सचिवमा बढुवा गरि प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटा जानकारी दिनुभयो । उक्त वैठकले शिक्षाको अवसरबाट बन्चित भएका बालबालिकालाई खोजेर विद्यालय भर्ना गर्न र स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री र मन्त्रीदेखि राजनीतिक दलका पदाधिकारी तथा पेशाकर्मीले कम्तिमा एक बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्नका लागि यो निर्णय भएको हो ।

आर्थक रुपले विपन्न,सीमान्तकृत र लोपोन्मुख समुदायका वालवालिका शिक्षाबाट बन्चित नहुन् भनेर सरकारले स्वेच्छिक अविभाावकत्वको अभियान चलाउन खोजेको राज्यमन्त्री बास्कोटाले बताए । यो अभियानबाट कम्तिमा ५० हजार बालवालिका विद्यालय जान सक्ने उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com