प्रधानमन्त्री ओलीको भ्रमण भारतीय मिडियाले दिए प्रमुख स्थान


प्रकाशित मिति : चैत्र २५, २०७४ आईतबार

तीन दिने औपचारीक भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली भारतिय संचार माध्यमहरुमा प्रमुख स्थान पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले दुईपक्षीय वार्तापछि हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरिरहँदा भारतका धेरै टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए ।

भारतका राष्ट्रिय अखबारमा कमै मात्रमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमण मुख्य समाचार बन्ने गर्छन् । यसपटक ओली दिल्ली नआउँदै दुई चर्चित भारतीय पत्रिका टाइम्स अफ इण्डिया र दि हिन्दूले लामो अन्तर्वार्ताबाट शुरु गरेको समाचार कभरेज निरन्तर चलिरहेको छ ।

आइतवारका भारतका अधिकांश राष्ट्रिय पत्रिकामा मोदी, ओली वार्ता र नेपाल भारत कनेक्टिभिटी तथा आर्थिक विषयमा भएका सहमति प्रमुख समाचार बनेका छन् ।
टाइम्स अफ इण्डियाले प्रथम पृष्ठमा ओली र मोदीले हात मिलाएको फोटासहित चीनबाट नेपाललाई बाहिर ल्याउन भारतले कनेक्टिभिटीका लाथि थप अफर गरेको दावीसहित समाचार बनाएको छ । नवभारत टाइम्स, दि हिन्दू लगायतका पत्रपत्रिकाले नेपाल राजनीतिक स्थिरतातर्फ अघि बढेपछि भारतले थप सहयोगको हात बढाएको टिप्पणी गरेका छन् ।

भारतिय टेलिभिजनहरुले ओली मोदी सम्झौतामा केन्द्रित रहेर नेपाल विज्ञहरुसँग निरन्तर बहस चलाइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com