शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका मन्त्रीसँग बैठक गर्ने
प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार
चैत २४, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संरचनाअनुसार शिक्षा क्षेत्रमा सुधार र समन्वयबारे सातै प्रदेशका सामाजिक मामिला मन्त्रीहरुसँग आइतबार छलफल हुने भएको छ।
संघीय सरकार र प्रदेश सरकारका विषयगत मन्त्रीबीच औपचारिक छलफल हुन लागेको यो पहिलो पटक हो।
मन्त्री पोखरेलका प्रेस संयोजक सुनील खड्काका अनुसार सो बैठक सिंहदरबारस्थित मन्त्रालयमा हुनेछ। उनीहरुबीच सार्वजनिक शिक्षाको सुधार, नयाँ कानुन, आउँदो विद्यालय स्वागत तथा विद्यार्थी भर्ना अभियानलगायत विषयमा छलफल हुनेछ।