साउदी जेलमा रहेका प्रेम बचाउन थापा दम्पत्तीद्धारा ५ लाख सहयोग
प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार
साउदीको जेलमा रहेका इलामका प्रेम बहादुर राईलाई छुटाउनका लागि अमेरिकामा रहेका हेम थापा र माया थापाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
तेह्रथुम मेन्छयेम गाउँपालिका वडा नं ६ घरभई १५ वर्षदेखि अमेरिकामा रहदै आएका समाजसेवी थापा दम्पत्तीले साउदी अरबमा झुटो मुद्दामा लामो समयदेखि बन्दी जीवन बिताइरहेका उनको जीवन बचाउका लागि आर्थिक सहयोग गरेका हुन् ।
थापा दम्पत्तिले एबिसी टेलिभिजनमा इन्द्रेणी कार्यक्रम संचालन गर्ने कृष्ण कंडेलको नाममा उक्त रकम पठाएको बताइएको छ । साथै उक्त रकम अमेरिकाबाट पठाउन लामो समय लाग्ने भएकोले मोरङको पथरीबाटै बहिनीलाई पठाउन लगाएको पनि थापाले बताएका छन् ।
हाल सम्म सामाजिक रुपमा देश तथा विदेशमा रहने नेपालीको भैपरि आउने समस्यामा व्यक्ति तथा संस्थागत रुपमा विभिन्न ठाउँमा ५० लाख भन्दा बढी सहयोग गरिसकेका थापा दम्पत्तीले जसलाई पीडा परेपनि केही सहयोग गरौं भन्ने भावना मनमा उब्जने हुनाले आफूले सक्ने सहयोग गर्दै आएको बताए । उनीहरु भन्छन्,‘ सम्पत्ती जतिसुकै भएपनि मन हुनुपर्छ ।’
ईलामको माइनगरपालिका ४ का प्रेम बहादुर राई दुईवर्ष अगाडि झुटो मुद्दामा जेल परेका थिए । सन् २०१२ मा साउदी पुगेका उनी २०१६ मार्चमा जेल गएका थिए । कामगर्ने कम्पनीको समान चोरी भएपछि राईलाई दोेषि ठहर गर्दै अदालतले जेल र ५० कोर्रा सजाय सुनाएको थियो । अदालतले यस्तो सजाय सुनाएको भएपनि कम्पनीले आफ्नो सामानको क्षतिपूर्ति भराईपाउँ भनेर निवेदन दिएको थियो । सोहि निवेदनको आधारमा अदालतले राईलाई १० हजार रियाल (झण्डै ९५ लाख रुपैयाँ) कम्पनीलाई क्षतिपूर्ति दिन भन्दै फैसला गरेको थियो ।
घरमा श्रीमती र नावालिका छोरी रहेका राई बचाउ अभियानका लागि देश विदेशमा रहेका नेपालीहरु आ–आफ्नो ठाउँबाट सहयोगमा जुटेका छन् ।