५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली भारत प्रस्थान,यस्तो छ कार्यतालिका


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी देश भारतको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने भएको छ ।

नेपाल वायु सेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान पौन नाै बजे भारत प्रस्थान गरेका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लगायत छन् ।

भ्रमण दलमा संघीय संसद्का सदस्यहरु शरत्सिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतीलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो र विमलप्रसाद श्रीवास्तव सहभागी छन् ।

प्रतिनिधिमण्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महत्तो पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।

भ्रमण दलमा पहिलो पटक कला क्षेत्रबाट नायक राजेश हमाल र चलचित्र निर्देशक दिनेश डिसी पनि सहभागि भएका छन् । यसबाहेक निजी खर्चमा उद्योगी/व्यावसायी र निजी क्षेत्रका सञ्चार माध्यमका प्रतिनिधि पनि भारत भ्रमणमा गएका छन् ।

राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र रेडियो नेपालका सञ्चारकर्मीको भ्रमण दलमा सहभागिता रहेको छ । यस्तै नेपाली दूतावास नयाँ दिल्लीबाट कार्यबाहक राजदूत भरतकुमार रेग्मी, इकोनोमिक मिनिष्टर कृष्णहरि पुस्करलगायत नौ जनाको सहभागिता रहनेछ ।

प्रधानमन्त्रीको कार्यक्रम

चैत २३ शुक्रवार
० विहान पौने ११ बजे दिल्ली अवतरण
० पौने १ बजे होटल ताज प्यालेसमा इन्डिया नेपाल विजनेस समिटमा सहभागी
० साँझ सवा ५ बजे नेपाली दुताबसामा नेपाली समुदायसँग अन्तरक्रिया
० साँझ ६ः३० मा प्रधानमन्त्री मोदीसँग उनको निवास ७ लोक कल्याण मार्गमा भेटवार्ता
० नेपाली दुताबासद्धारा होटल इम्पेरियलमा आयोजित रात्रीभोजमा सहभागी

चैत २४ गते शनिवार
० विहान ९ बजे राष्टपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सन
० साँढे ९ बजे राष्टपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट
० सवा १० बजे विदेशमन्त्री सुष्मा स्वराजद्धारा शिष्टाचार भेटवार्ता
० ११ बजे महात्मा गान्धीको समाधीस्थल राजघाटमा द्धिप प्रज्वलन
० साँढे ११ बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवाता
० सवा १२ बजे रिमोटद्धारा वीरगञ्जस्थित एकीकृत जाँचचौकी उद्घाटन र प्रेस ब्रिफिंग
० साँझ ६ बजे उपराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेट
० साढे ७ बजे गृहमन्त्री राजनाथ सिंहद्धारा शिष्टाचार भेट
० साँझ इन्डिया फाउण्डेशनको कार्यक्रममा सम्बोधन

चैत २५ गते आइतवार
० विहान उत्तराखण्डको ब्रिडर सिड प्रोडक्सन सेन्टर, एकीकृत कृषि परियोजनाको निरिक्षण, १ बजे गान्धी हलमा मानार्थ विद्यावारिधीको प्रमाणपत्रद्धारा सुशोभित हुने,
० दिल्ली हुँदै ६ बजे स्वदेश फिर्ता

राससको सहयोगमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com