बार्सिलोना जाँदै नेपाल आईडलका ३ ‘हिरो’


प्रकाशित मिति : चैत्र २२, २०७४ बिहीबार

नेपाली   जनसम्पर्क   समिति   स्पेनको   आयोजनामा   बार्सिलोनामा   नेपाली   नयाँ वर्ष सांगीतिक  साँझ   २०७५ आयोजना हुने भएको छ।

समितिले  आगामी अप्रिल १७ मा नेपाली नयाँ वर्षको अवसर पारेर   आयोजना   गर्ने   विशेष   कार्यक्रममा   नेपाल   आइडलका   मुख्य   तीन   कलाकार   नेपाल   आइडल   बुद्ध   लामा, दोस्रो निशान   भट्टराई   र तेस्रो   प्रताप   दासका साथमा   कार्यक्रम   सञ्चालक   सुशील   नेपाल   बार्सिलोना   आउने  समितिका   महामन्त्री रामप्रसाद सापकोटा (बिराज शर्मा) ले   जानकारी   दिए।

नेपाली   जनसम्पर्क   समिति   स्पेनले   हरेक वर्ष नेपाली नयाँ वर्षको   उपलक्ष्यमा   आयोजना   गर्दै   आएको  शुभकामना आदानप्रदान तथा   सांस्कृतिक   कार्यक्रम   यस  वर्ष पनि भब्यताका साथ आयोजना गर्न  बिशेष   तयारी गरिरहेको   छ ।

समितिका   महामन्त्री   रामप्रसाद   सापकोटा   ( बिराज   शर्मा ) का   अनुसार   कार्यक्रमलाई   सफल   बनाउन   स्पेनमा   रहेका   सबै   सामाजिक   संस्था, पत्रकारलगायत   स्पेनमा   बस्ने नेपालीहरुलाई सहयोगका लागि अपिल   गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com