नेपालमा संक्रमणकाल सकिएको खुशीमा न्युयोर्कमा चियापान


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

संघिय गणतन्त्र नेपालको व्यवहारिक प्रयोग गर्दै सम्वृद्धि उन्मुख नेपाल संक्रमणकालिन २०७४ सकेर स्थीर २०७५ को नयाँ बिहानी तर्फ अगाडी बढदै रहेको उपलक्ष्यमा नयाँ बर्षको शुभकामना आदान प्रदानका लागि न्युयोर्कमा चियापान कार्यक्रम गरिने भएको छ ।

प्रवासी नेपाली मञ्च अमेरिकाका बरिष्ठ उपाध्यक्ष टेक गुरुङको चियापान कार्यक्रममा उपस्थीतिका लागि उहाँले सबैलाई अनुरोध गर्नुभएको छ ।

संगै बसेर खुसी साट्न शुभकामना आदान प्रदान गर्न न्युयोर्कको ज्याक्सनहाइटमा चियापान कार्यक्रम गरिएको हो । कार्यक्रम आगामी अप्रिल ८ तारिख आइतबार हुनेछ । दिनको २ बजे देखि ५ बजेसम्म थकाली भान्छाघर ज्याक्सन हाइटमा कार्यक्रम हुने जनाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com