वीर अस्पतालको ट्रमा सेन्टरबाट हामफालेर अमेरिकी नागरिकले गरे आत्महत्या
प्रकाशित मिति : चैत्र १८, २०७४ आईतबार
वीर अस्पतालको ट्रमा सेन्टरबाट हामफालेर एक जना विदेशी नागरिकले आत्महत्या गरेका छन् । वर्ष ५२ का जोन नाम गरेका अमेरिकी नागरिकले आत्महत्या गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
प्रहरीका अनुसार म्याद सकिएको पास्पोर्ट बोकेर नेपाल आएका बेला अध्यागमन विभागले पक्राउ गरेको थियो । उनले पहिला पनि पटकपटक आत्महत्याको प्रयाश गरेको बताएको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।