नेपाल-अमेरिका चलचित्र महोत्सव को भव्य तैयारी


प्रकाशित मिति : चैत्र १८, २०७४ आईतबार

दीपक परियार

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ को ब्यानर सार्बजनिक भएको छ । यसका साथै महोत्सवको अन्य तयारी पनि तिव्र पारिएको आयोजकहरुले बताएका छन् ।

आगामी मे महिनाको १८ तारिक शुक्रबार साँझ ६ बजे उद्घाटन समारोह सम्पन्न हुने छ । मे १९ र २० शनिबार र आइतबार दिनभरी नेपाल लगाएत विभिन्न देशका चलचित्रहरु रेगल सिनेमा, ह्याट्सभिल, मेरिल्याण्डमा प्रदर्शन हुनेछन् । मे २० तारिक आइतबार साँझ महोत्सवको समापन तथा अवार्ड समारोहका साथै चलचित्र महोत्सव २०१९ घोषणा जनाइएको छ । उद्घाटन र समापन भने एएफआइ सिल्भर थिएटरमा हुनेछ |

वासिङ्गटन डीसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको थियो । आवेदन परेका चलचित्रहरु मध्येबाट छनोटमा परेकाहरुको अन्तिम विवरण र महोत्सवका अन्य कार्यक्रमहरु केहि दिनमा सार्वजनिक हुने कुरा आयोजकहरुले बताएका छन् ।

चलचित्र महोत्सवसमा मूलतः नेपालका फिचर चलचित्र, बृत्तचित्र,छोटा चलचित्र साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने जानकारी आयोजकले दिएका छन् । यसको साथै नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विश्वभरी बनेका चलचित्रहरु पनि यस महोत्सवको प्रदर्शन हुनेछ । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।

महोत्सवलाई सफल बनाउन आयोजकहरुले सबैलाई अनुरोध गरेका छन् । यस महोत्सवको अवधिमा अन्य कार्यक्रम नजुदाउन अमेरिका तथा वाशिंगटन डिसी, भर्जिन्या र बाल्टिमोरका नेपाली संघसंथाहरुलाई हार्दिक अनुरोध पनि गरिएको छ । चलचित्र महोत्सवको साझेदारीका तथा सहयोगका लागि पनि संघ संस्था तथा व्यक्तित्वहरुलाई आवहान गरेका छन् ।

यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायत विभिन्न देशका चलचित्र सम्बन्धी संघ संस्था र महोत्सवहरुसंगको सहकार्यमा आयोजना गरिनेछ । यस महोत्सवलाई नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति सम्बन्धी साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com