हिन्दू तथा बौद्ध दुवैको आस्था रहेको बालाजु बाइसधारामा ‘बाइसधारा मेला’ (फाेटो फिचर)


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

बालाजुस्थित प्राचीन धार्मिक तीर्थस्थल बाइसधारामा ‘बाइसधारा मेला’ लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ बाइसधारा मेला लाग्छ । काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा आजको दिन स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्धले आई बसेको मानिन्छ । हाल शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने दुई हजार १२८ मिटर अग्लो जामाचो हाल लामो पदयात्राका लागि प्रख्यात छ जहाँ अनेक खालका वनस्पति पाइन्छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको आस्था केन्द्रका रूपमा रहेको बालाजु क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि उदाहरणीय छ । उक्त स्थानमा आज नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधी हटेर सुख प्राप्त हुने, पारिवारिक समृद्धि कायम हुने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com