कमेन्ट गरेर फेसबुक ह्याक भएनभएको थाहा पाउने हल्ला निराधार


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

फेसबुकमा बीएफएफ टाइप गरेर आफ्नो फेसबुक कसैले ह्याक गरे नगरेको पत्ता लगाउन सकिने भन्दै फेसबुकमा भाइरल भइरहेको हल्ला निराधार रहेको फेसबुकले पुष्टी गरेको छ । फेसबुकका एकजना अधिकारीले खसोखासले लेखेको इमेलको जवाफ दिदै त्यो सबैलाई थाहा हुने हल्लामात्र रहेको बताएकी छिन् ।

फेसबुकको डाटाहरु चोरी भएको भन्ने समाचार आइरहदा बीएफएफ लेखेर आफ्नो फेसबुक ह्याक भए नभएको जाँच्न सकिने निराधार हल्ला फैलिएको हो । तर वास्तवममा फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरुमा प्रचलित बीएफएफ बेष्ट फ्रेण्ड फरइभरको छोटो रुपमात्र हो । फेसबुकले केही शब्दहरु टाइप गरेर त्यस्ता शब्दमाथि क्लिक गर्दा रमाइला एनिमेशनहरु आउने बनाएको छ ।

बीएफएफ, यु आर द बेष्ट, बेष्ट विसेस, यु गट दिस, यु ह्याभ गट दिस, यु क्यान डु इट, र्याड, र्याडनेस, कंग्राचुलेसन जस्ता शब्दहरु टाइप गर्दा पनि एनिमेशन आउने गर्छ । तपाई पनि xo, xoxo, xoxoxo, Congrats, Congratulations, rad, radness, you got this, you’ve got this, you can do it, best wishes, bff, bffs, you’re the best शब्दहरु टाइप गरेर त्यस्तो एनिमेशन हेर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com