सर्बेन्द्र खनाल आईजीपी बन्ने लगभग पक्का, ओली, प्रचण्ड र बादल सहमत


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

अर्को साता नेपाल प्रहरीका आईजी सर्बेन्द्र खनाल बन्ने लगभग पक्का भएको छ । बरियतामा सबैभन्दा अगाडि रहेका खनाललाई आईजीपी बनाउन प्रधानमन्त्री केपी ओलीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा सहमत भएका छन् ।

अबको केहीदिनमा आईजीपी प्रकाश अर्याल विदामा बस्ने भएकोले नयाँ आईजीपी बनाउन छलफल सुरु गरिएको हो । कार्यसम्पादनको आधारमा सर्बेन्द्र खनाल पहिलो नम्बरमा भएकोले उनलाई नै प्रहरी प्रमुखको जिम्मेवारी दिईनुपर्नेमा आन्तरिक सहमति जुटेको हो ।

विद्यमान ऐन नियममा रहेको वाध्यकारी तीस वर्षे सेवा अवधि सम्वन्धि व्यवस्थाका कारण नेपाल प्रहरीका वर्तमान आइजीपी सहित २०४४ साल चैत्रमा प्रहरी निरिक्षक पदमा भर्ना भएका १५ एआइजी चैत २८ बाट सेवा निवृत हुँदैछन । त्यसपश्चात नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने छ । २०४६ साल चैत्रमा प्रहरी निरिक्षकमा भर्ना भएकाहरुको ब्याचबाट आइजीपी छनोट हुनेछन् ।

विद्यमान वरियताक्रममा करिव एक वर्ष अगाडी एसएसपीबाट डिआइजी भएका चर्चित प्रहरी अधिकृत सर्बेन्द्र खनाल एक नम्बरमा छन् । प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानहरुमा राम्रो काम गरेर ब्यापक लोकप्रियता समेत कमाउँदै एक व्यवसायीक अधिकृतको छवि बनाएका सर्बेन्द्र खनाल वरियतामा समेत एक नम्बरमा रहेकोले उनी नै आइजीपी हुने लगभग पक्का भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com