न्युयोर्क क्षेत्रमा हिमआँधी सुरु, के भइरहेको छ जान्नुहोस्


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

न्युयोर्क क्षेत्रमा हिमआँधी सुरु भइसकेको छ । हिमआँधीका कारण झण्डै ३९ सय उडानहरु रद्द गरिएका छन् । न्युयोर्क सिटी, फिलाडेल्फिया र डिसी क्षेत्रका सार्वजनिक विद्यालयहरु बन्द गरिएका छन् ।

पेन्सिलभेनियामा १३ इन्चसम्म हिमपात भइसकेको छ भने वेष्ट भर्जिनियामा १० इन्चसम्म हिमपात भइसकेको छ । वासिंटन डिसीमा भने ६ इन्चसम्म हिमपात हुने अपेक्षा गरिएको छ ।

न्युयोर्कको हिमपातमा सन् १९५८ यताकै रेकर्ड ब्रेक हुने अनुमान गरिएको छ । बिहिबार विहानसम्म २१ इन्चसम्म हिमपात हुनसक्ने मौसम सेवाको अनुमान छ । सेन्ट्रल पार्क क्षेत्रमा भने ६ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ ।

वशन्त ऋतु सुरु भएपछि यति धेरै हिमपात पहिलोपटक रहेको जनाइएको छ । यसअगाडि सन् १९५८ को मार्च २१ मा न्युयोर्कमा ११ दशमलव ८ इन्चसम्म हिमपात भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com