न्युयोर्क र न्युजर्सीमा हिमआँधी आउँदै, विद्यालयहरु बन्द


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

न्युयोर्कमा बुधबार विहानदेखि सिजनकै ठूलोमध्येको हिमआँधी आउने भएको छ । बुधबार बिहानदेखि हिमपात सुरु हुने र दिउसोसम्म १५ इन्चसम्म हिमपात हुने अपेक्षा गरिएको छ ।

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले बुधबार न्युयोर्क सिटीका सबै सार्वजनिक विद्यालयहरु बन्दको घोषणा गरेका छन् । उनले अप्रत्यासित मौसमको सामना गर्नुपरेकाले सबैलाई त्यसका लागि तयार रहन अनुरोध गरेका छन् ।

राष्ट्रिय मौसम सेवाले हिमआँधीले उत्तरपूर्वी न्युजर्सी र दक्षिणपूर्वी न्युयोर्कका भागहरु प्रभावित हुने जनाएको छ । हिमपात र आँधीपछि बुधबार बेलुका तिर यात्रा गर्न मुस्किल हुने जनाइएको छ ।

न्युयोर्क सिटीमा बुधबार र बिहिबार वैकल्पिक साइड पार्किङ बन्द हुने बताइएको छ । हिमआँधीका कारण न्युयोर्क र न्युजर्सीमा सार्वजनिक यातायात प्रभावित हुनेछ भने हवाई सेवा पनि प्रभावित हुने जनाइएको छ । अमेरिकन एयरलाइन्स, डेल्टा र युनाइटेडले कैयन फ्लाइटहरु रद्द गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com