बेलायत छोड्ने तयारी गर्दै २३ रुसी कुटनीतिज्ञ


प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार

रुसी कुटनीतिज्ञहरुले बेलायत छोड्ने तयारी गरिरहेका छन् । उनीहरुलाई यही मार्च १५ मा एक हप्ताभित्र बेलायत छोड्न समय दिइएको थियो ।

बेलायतमा रहेका २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय बेलायतले गरेपछि उनीहरुले भोलिसम्ममा देश छोड्ने तयारी गरिरहेका बताइएको छ ।

विष सेवन गराएर एकजना पूर्व रूसी गुप्तचर र उहाँकी छोरीको हत्या प्रयास गरेको आरोपमा बेलायतले २३ जनालाई देश निकालाको निर्णय गरेको हो ।

यसअघि अमेरिका लगायतका देशहरूले पनि बहुचर्चित विष आक्रमणको घटनामा रुस नै दोषी रहेको बताएका थिए ।

अघिल्लो बुधबार बेलायती प्रधानमन्त्री थेरेसा मेले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गर्नुभएको थियो ।

पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध हत्या प्रयासमा यी रुसीहरुको हात रहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com