सरकारी भवन कब्जा गरी बोर्डिङ !


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

बहुदरमाई नगरपालिका रामनगरस्थित नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयको भवनमा पाँच वर्षदेखि निजी विद्यालय सञ्चालनमा छ ।

देवनन्दन देवराज माविसँग जोडिएर रहेको सिँचाइ कार्यालयको १० कोठे भवनमा ०६९ देखि दुर्गा एकेडेमी सञ्चालनमा रहेको छ ।

समाचार अनुसार, ३ कक्षासम्म पठनपाठन हुँदै आएको विद्यालयमा एक सय ९२ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय सञ्चालकले पीजी र नर्सरीका विद्यार्थीबाट तीन सय, एलकेजीमा तीन सय २५ , यूकेजीमा ३ सय ५० , कक्षा १ मा ३ सय ७५, २ मा ४ सय र ३ मा चार सय २५ रुपैयाँ मासिक शुल्क असुल्दै आएका छन् ।

निजी विद्यालय सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिनुपर्छ तर पाँच वर्षदेखि सञ्चालित यो विद्यालयले सरकारी निकायबाट अनुमति समेत लिएको छैन ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com