आईजीपी बन्ने बरियतामा सर्बेन्द्र एक नम्बरमा, यस्ता छन् ८ सफलता


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

विद्यमान ऐन नियममा रहेको वाध्यकारी तीस वर्षे सेवा अवधि सम्वन्धि व्यवस्थाका कारण नेपाल प्रहरीका वर्तमान आइजीपी सहित २०४४ साल चैत्रमा प्रहरी निरिक्षेक पदमा भर्ना भएका सवै एआइजी र कैयौं डीआइजी, एसएसपीहरु सेवा निवृत हुँदैछन । त्यसपश्चात नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने छ । २०४६ साल चैत्रमा प्रहरी निरिक्षेकमा भर्ना भएकाहरुको ब्याचबाट आइजीपी छनोट हुनेछन् ।

विद्यमान वरियताक्रममा करिव एक वर्ष अगाडी एसएसपीबाट डिआइजी भएका चर्चित प्रहरी अधिकृत सर्बेन्द्र खनाल एक नम्बरमा छन् । प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानहरुमा राम्रो काम गरेर ब्यापक लोकप्रियता समेत कमाउँदै एक व्यवसायीक अधिकृतको छवि बनाएका सर्बेन्द्र खनाल वरियतामा समेत एक नम्बरमा रहेकोले उनी नै आइजीपी हुने सम्भावना प्रवल देखिन्छ ।

सिङ्गो संगठन र यसका अधिकाँश सदस्यहरुको बारेमा राम्रो ज्ञान भएका र सवैसंग समन्वय गर्न सक्ने अधिकृतको रुपमा चिनिएका खनाल आइजीपी हुँदा संगठनमा विगत लामो समय देखि देखिंदै आएको खिचातानी र असहयोगको अवस्थाको पनि अन्त्य हुने अनुमान गरिन्छ । विभिन्न सफलताका कारण चर्चामा रहेका सिलेब्रेटी प्रहरी अधिकृत सर्बेन्द्र खनाल ट्राफिक प्रहरीमा आउनासाथ त्यसको सकारात्मक प्रभाव देखिएको थियो ।

ट्राफिक प्रहरीमा आउनु अगाडि सर्बेन्द्रका दर्जनौं सफलताका श्रृंखलाहरु छन् । त्यसमध्येका ८ वटा मुख्य सफलताहरु खसोखासले लिपिबद्ध गरेको छ । महानगरीय अपराध महाशाखामा कार्यरत रहँदामात्र होइन, त्यसअगाडिपनि सर्बेन्द्रका सफलताले उनलाई सिलेब्रेटी प्रहरी अधिकारीका रुपमा चिनाएको हो ।

सफलता नम्बर १

मष्ट वान्टेड सूचिका गुन्डा नाइके कुमार घैंटेलाई इन्काउन्टर गर्ने खनालको काठमाडौ आएपछिको पहिलो ठूलो सफलता थियो । घैँटेलाई इन्काउन्टर गरेको तीन घण्टाभित्र तत्कालीन गृहमन्त्री बामदेव गौतमले खनालाई बधाई दिएको कुरा सञ्चारमाध्यहरुमा छिन भरमै छायो ।

घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएको खनालले बताएका थिए । यो सफलमा नेपाली कंग्रेस धेरै खुसी देखिएनन । तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री सुशील कोइराला लगायतका वरिष्ठ नेताहरु घटनाप्रति मौन देखिए भने केही कांग्रेस नेता एसएसपी खनालमाथि खनिए नै । यस सफलतामा उनले बधाईका साथै गालीखाएको तीतो अनुभव पटक पटक सुनाउने गर्दछन् ।

सफलता नम्बर २

भनेपछि गर्ने र गरेपछि परिणाम देखाउने खुबी भएका उनको दोस्रो ठूलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको अप्रेसन । राष्ट्रिय खेलाडीहरूलाई नियन्त्रणमा लिनु अरुका लागि असम्भव देखिएको थियो भने उनले जिम्मेवारी समालेको केही महिलाभित्र गरेर देखाए । म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमामा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो । २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जित्यो । त्यो बेला उनले मिडियामा प्रतिक्रिया दिँदै भने ‘मेरो उद्देश्य पूरा भयो’ । यो सफलतापछि उनी हाइ हाइ नै भए ।

खेलको सौदाबाजी गर्ने आरोपमा राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा खाडा गर्यो । फुटबलको सौदाबाजी गर्ने आरोप लागेका मध्ये सागर र सन्दिप थ्रिस्टारका खेलाडी थिए । फुटबल खेलमा सौदाबाजी भैरहेको गोप्य सूचना पाएका एसएसपी खनालले खेलाडीमाथि अनुसन्धान सुरु गरेका थिए ।

देश बाहिर खेल हारेर आउँदा सौदाबाजी भएको चर्चा बेला बेला हुने गरेको थियो तर,त्यसको चुरोकुरो पत्ता लगाउनका लागि उनी जिम्मेवारी समालेको बर्षदिन नपुग्दै सफल भए । खेलबाट देश विश्वमा चिनाउनुको सट्टा सौदाबाजी गर्नु पनि ठूलो अपराध भएको उनले भनेका छन् । म्याच फिक्सिङको आरोप लागेका सागर २००९ देखि २०१५ सम्म कप्तानको जिम्मा समाल्दै आएका थिए । खनालको टीमले गरेको अनुसन्धानबाट बंगलादेश, मलेसिया र अफगानिस्तानमा भएका खेलमा सौदाबाजी भएको पत्ता लागेको हो ।

सफलता नम्बर ३

नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिवलाई भ्यालखानको बाटो देखाइ दिए । यसैगरी लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हतकडी लगाए । १ सय लिटर तेल हाल्दा मिटरमा १ सय लिटर देखिए पनि ५ लिटर कम हुने गरेको प्रहरीको अनुसन्धानपछि खुल्नआयो । प्रहरीले नेपाल पेट्रोल एसोसिएसनका पदाधिकारी सहित पेट्रोल पम्पका सञ्चालकलाई पक्राउ गर्यो । खनालको टोलीले नाकाबन्दीले जनताले पीडा भोगेको बेला त्यसको फाईदा उठाउँदै कालोबजारी गर्न सहयोग गरेको आरोपमा सरकारका सहसचिव तथा नापतौल विभागका प्रमुख रामआधार साहलाई हतकडी लगायो ।

सफलता नम्बर ४

उद्यमी जमिम शाहको हत्यारालाई खनाले नै पक्रउ गरे । महासाखामा जिम्मेवारी लिएर आएको एक हप्तामै उनले हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो ।

सफलता नम्बर ५

ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै एसएसपी खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई एसएसपी खनालकै टोलीले पक्राउ गरेर देखायो ।

सफलता नम्बर ६

अवैध रुपमा सञ्चालन भएका कन्सलटेन्सी पनि उनको नजरबाट बच्न सकेनन् । अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन भन्दै उनले कारवाही अगाडि बढाए । छापा हान्न थालेपछि अतालिएका दलालहरु कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे ।

सफलता नम्बर ७

विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णु बहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे । अनेकन प्रलोभन देखाएर ठगी गर्ने यी दुई दाजुभाई हुन् ।

सफलता नम्बर ८

जनकपुर, पर्सा लगायतको स्थानमा बस्दा एसएसपी खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ने ज्यानसंग खोल्नु पर्यो । उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । उनले नेतृत्व समालेपछि महाशाखाले सयौं मुद्धामाथि सफल अप्रेसन गरेको थियो ।

राष्ट्र र जनताको पक्षमा काम गर्ने कुशल र बहादुर योद्धा विरलै जन्मन्छन् । जसको कामप्रति आशा र भरोषा गर्न सकिन्छ । समाजलाई सत्यको बाटो देखाउने र समाजमा रहेका विकृति र विसंगतीको विरुद्ध धावा बोल्ने खनाल अहिलेलाई नेपाली समाजका नायक हुन भन्दा फरक पर्दैन ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com