प्रधानन्यायाधीश पराजुली वर्खास्त


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदबाट वर्खास्त भएका छन् । उनलाई न्याय परिषद्ले पदमा नरहेको बताएको थियो । न्यायापरिषद् सचिवालयले पराजुलीले उमेरहदका कारण अवकाश पाए पनि दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी विद्यादेवी भण्डारीलाई पद तथा गोपनियातको शपथ ग्रहण गराएका छन् ।

प्रकृयागतरुपमा पराजुलीले न्याय परिषद्को पत्र नबुझेकाले प्रधानन्यायाधीश पदमा नै रहेको मानी शपथ ग्रहण भएको छ ।  न्यायपरिषद्को पत्रमा पराजुलीले ६५ वर्ष उमेर पुगेकाले गत २१ साउनबाट नै अनिवार्य अवकाश पाइसकेको बताइएको छ ।

अवकाश पाइसकेको व्यक्तिले राष्ट्रपतिलाई खुवाएको शपथ वैद्य कि अवैद्य भन्ने प्रश्न पनि तेर्सिएको छ । यसै सन्दर्भमा अधिवक्ता शतिसराज मैनालीले आजसम्मका लागि पराजुली प्रधानन्यायाधीश रहेकाले शपथ ग्रहण वैद्य रहेको बताए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com