पाउलसँग प्रि हनिमुन मनाउन आएकी ईभा र म


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

-अच्युत सिग्देल

गजधुम्म दिन हावाको झोंकाहरू झ्याल वाट सुस्केरा हास्दै थिए । खहरेऊर्लेर विरौटा वगाए जस्तो, कुलेसो वॉध ऊडाए जस्तो, विजुलीको पोल डले जस्तो, रूख लडे जस्तो नमिठो आभाष हुदैथियो ।

अभिछिन्न हिऊ वर्षा र फ्याट्ट्फुट्ट असिनाले मनलाई घर भित्र वन्दिवनाऊदै थियो ।

मेसेन्जरमा यूरोपवाट पुरानो साथी पाऊल क्रपाको सन्देश पपअप भयो हेरौ कि नहेरौ सोच्दै थिएँ । एक पटक ऊनी सँगै नेपाल पुगे ठमेल, पकनाजोल, क्षेत्रपाटी ,ज्याठा र नक्साल गएर रोकिएँ। नर्सरिमा अर्किडको विऊ केलाऊदै ऊसको हनिमुन यात्रामा म समावेश हुनुपरेको सवै याद ताज़ा वन्दै थिए । फाएर एन्ड आईस, हिमालयन जाभा, विम्पी सवै नाङ्लो भरी सजिए । होलीको दिन ऑफ़िस वन्दगरेर छदमी अपरिचित भेषमा दरवारमार्गमा निरूलाजमा रमाएको न्यानो सम्झना आयो। कताकता आफूलाई टाईम मेसिन वाट निकालेर पच्चीस वर्षें लर्के जीवन तिर झार्दै रहेछु । खर्दार वाजेको कान्छि वुहारीले चिया राख्दै भनिन हे वुढा कता हराएको ?

झसङ्ग हदै चिया समाएँ तातो चुस्कि लगाएँ , आज काममा नजानु मौसम खराव छ भन्दै ऊनी पुन भान्सा तिर लागिन ।

लगातार मेसेजहरू आए पछि हैन आज डाम्नालाई एक्कासी के भयो यसरि र विनासिती सम्झने हैनन म्लेक्ष हरू सोच्दै मेसेज पढे । जहाज़ ऊड्न नसकेर सवै फ़्लाइट क्यान्सिल भएर ऊसको छोरी आर्चि जे एफ के एअरपोर्टमा अलपत्र परेकि रैछ । एअरलाईन्सले होटल नदिए होटल मिलाई दिनु र एक दिन सके परिवार सँग भेंट गराएर पठाईदिनु भन्ने चाहना राख्दै रहेछन ऊनी। स्थानिय नम्वर भए नभएको सोधे ऊसले नम्वर दियो र सिधै छोरीलाई सम्पर्क गरे ऊनले पहिलो घन्टिमानै ऊठाईन ।ट्रान्जिट रूट भएको र एअरलाईन्सले होटल राडिसनमा राखेको कुरा गरिन । मैले पाऊललाई लेखि दिएँ आई वील टेक केएर हर । नथिङ टू वोरी ।

मौसम मडारिदो थियो । सकि नसकि गाडिन्कालेर व्रोड वे तिर हाले वगलीमा एऊटा खादा वॉकि नै थियो । आफू सँग वॉकि रहेको गिफ़्ट न्यू योर्कको नयॉ कि चेन वगलीमा राखेर लागे जे एफ के तिर ।

वेजोड हावाले हान्दै थियो, गाडि वेला वेला ऊडौ ऊडौ गर्दै थियो । वाटोमा जमेका पानाहरू फिलीली ऊडेर जेड्स्कि चडेको आनन्द पनि मोफत मिल्दै थियो । नागवेली रफ़्तार नाप्दै होटल पुगे ऊनी मलाई वेसव्रिले कुरेर वसेकि रैछन । पार्किङलट सम्मै लिन आई पुगिन । मैले केहि भन्नै नपाऊदै आई वाना हग यू , माई मम मिस्ड यू अ लट । ऊनी वेजोडले टासिईन हिऊ परेको पर्यै थियो । म मौन थिएँ । आँखा भरिएर आए कता कता मनमा चस्स दुख्दै थियो । ऊनी म भित्र हराएर आनन्द लिदै थिईन कि सायद ..। आफ्नो नजिक को मान्छे को अर्को प्रिय मान्छे भित्र आत्मियताको न्यानो रशोस्वादन लिदै थिईन कि सायद !
#

नव्वेको अन्तिम तिरको कलिलो शिशिरमा पाऊल र ईभाले रिङ साटेका रैछन । रिङको वाहनामा मुटू साटेका रैछन । जीवनको चिसो तातो मिठो मसिनो र चुला चौका साट्ने निर्णय गरेका रहेछन । जीन्दगीका आरोह र अवरोह सँगै हिड्ने निर्णय गरेका रहेछन ।

इन्टरनेट मार्फ़त भेंट भए पछि पाऊल म सँग धेरै नजिकिए नेपाली हिमाल, कैलाश पर्वत र पोखराको सपनामा देख्दै हुनेवाली श्रीमती लिएर काठमाण्डू ऊत्रने तालमेल र कुम्लो कस्दा नकस्दै ईभालाई व्लड क्यान्सरको सिमटन देखिएको कुराले ऊनीहरूको हात गोंडा चिसा भएका थिए । ज़िन्दगीको लक्षहरू सिसा झै फुटेर चकनाचुर भएका थिए ।

ईभाको मनोबल गिरेर मोतीको माला चुडिएझै भुईमा जताततै पोखिएको थियो । ईभालाई ऊठाऊन हात दिने पाऊल आफै सम्हालिन नसकेर लड्खडाऊदै थिए ।
दैलोमा भ्यालेन्टाईन डे आऊदै थियो म आर्चिज ग्यालरीमा पोस्टकार्ड हेर्दै थिएँ ।

सँयोग “Hold on to Hope “ लेखेको कार्ड समाएँ पाऊलको फोन आयो, रूदै थिए ऊनी मैले सम्हालिन भनें ऊनी अझै रून थाले मैले Hold on to Hope र Problems Always comes with a solution लेखेको पोष्ट कार्ड पढ्दै जीवन र जगतको वारेमा सम्झाए । ऊनले फोन ईभालाई दिए । मैले ईभा सँग कुनै विरामीको कुरा नगरि ऊनलाई स्वागत गर्न हतारिएको कुरा गरे । एकै स्वासमा देवताको पनि देवता वस्ने पवित्र र सुन्दर भूमी नेपाल जहाँ टेके पछि आधा रोग आफै निको हुने र नेपाली भेटे पछि जीवन प्रतिको दृष्टिकोण नै वदलिने ढाडस दिएँ, ऊनी धेरै खुसि भईन ।
ऊनीहरूले तुरून्तै नेपाल घुम्न आऊने निर्णय गरे ।

म ऊम्कि सकेको व्यापार सम्हालिएकोमा खुशि थिएँ । महिनौ नतिरेको कोठा भाड़ा तिरिने भयो, पसलमा खाएको ऊधारोको कपिहरू च्यातिने भयो । एक दुई हप्ता रोधीघर र डान्सवार हरूमा नोट ऊड्ने भए । ऊस्तै परे वावुलाई लैनो भैसि किनिदिने हैसियत वढ्दै थियो, मन आनन्दित थियो । प्रफुल्ल मान वनेको थिएँ म ।

म सँगको सानो वार्तालाप पछि ईभामा ठूलो परिवर्तन आएछ । ऊनले आफूलाई सम्हाल्न लागिछन । यसले पाऊल पनि म सँग दँग थिए ।

होली आँगन अगाडि आएकी थिईन काठमाण्डौ को घाम हल्का ऊम्लिदै थियो । मानिसहरू धर र पसल वाहिर मज्जाले न्यानो खादै रमाएका देखिन्थे ।

ऊनीहरू आऊने दिन नेपाल वन्द थियो । पर्यटन नम्वर प्लेट हालेको गाडिमा Tourist वोर्ड टॉसेर एअरपोर्ट तिर लागे वाटोमा एक दुई ढुङ्गा र ईटाको झटारो वर्षिदै थियो छलेर एअरपोर्ट पुगियो वाटो भरि असिन पसिन हुदै दशौ किलोमीटर नाप्दा पर्यटक र सयौ नेपाली यात्रीहरू दुखित देखिन्थे ।

निर्धारित समय भन्दा दुई घन्टापछि ऊनीहरू आईपुगे । मैले फूल मालाले स्वागत गरें ऊनीहरू सॉच्चै खुसि थिए । मैले ऊनीहरूको आगमनमा नेपाल नै वन्द गराई दिएको जोक मारें ऊनीहरू वेजोडले हॉसे । चीलगाडि चालकले अलि अलि सूचना दिएका रहेछन सम्झाऊनु नै परेन सजिलो भयो ।

वेलुका भोजनगृहमा डिनर खाईयो , सामान्य नेपाली कल्चर नृत्य र नेपाली खानावाट प्रभावित वनाए पछि नेपाल पनि धेरै सम्पन्न देश छ है । “ First Impression is the last Impression “मेहनेती र पैसा हुनेहरू राजकीय जीवन जिऊन सक्छन भन्ने सन्देश दिए पछि सामान्य घटना हरूलाई ऊनीहरू त्यती ख़्याल गर्दैनन् भन्ने लाग्यो मलाई ।

दुई दिनको भेटघाटमा नै ईभा म सँग धेरै नजिकिईन । स साना कुरा देखि परिवारिक कुरा गर्थिन ऊनी म सँग । पाऊल भन्दा पनि ऊनी मलाई महत्व दिन थालेको भान हुन्थ्यो । जीन्दगी पनि अति अचम्मको छ । मन मिले पछि जात, रँग, वर्ण, पेशा र हैसियत केहि पनि हेर्दैन मान्छेले । नजिकाहरू टाढा हुदै गएको आभाष नै हुदैन । मन मिल्ने सँग सम्पूर्ण रूपमा समर्पित हुने चाहना वढ्दै जान्छ । ऊसका राम्रा नराम्रा सवै पक्ष राम्रो लाग्दै जान्छ । हमेशा देखिरहन मन लाग्ने, वोलि रहन मन लाग्ने, आसपास झुम्निरहन मन लाग्ने एक किसिमको मनोदशा, सम्वेग र आकर्षण नै प्रेम हो कि सायद ।

प्री हनिमुन मनाऊन आएको जोडि, वास्तविक जोडि जस्ता नै थिएनन् । एक्लो एक्लो तस्विर वाहेक म नघुसेको कुनै तस्विर नै थिएन । फोटो भरि ईभा मसँग नै टासिएकी थिईन । सुन्दर गोरी ग्रिक देवीकी सन्तान ऊनी साचै राम्री थिईन । सँगै डिड्दा हात समातेर टॉसिदा ठमेल वासीहरू आरिसे ऑखा तर्थे म सँग । Kilroys मा डिनर जॉदा एक दुई पटक के देख्नु परेको यति राम्री केटी यस्ता सँग हिड्छन भन्थे वेराहरू । म ऊनीहरूलाई हेरेर हॉसि दिन्थें, अर्को पटक त्यो वेरा हाम्रो टेवलको आसपास नै आऊने थिएन ।

एक दिन जमलवाट ठमेल आऊदै थियौ वहदुर भवन अगाडि पट्टि , ईभा मेरो हात समाएर हिड्दै थिईन । यतिकैमा एक वयों वृद्द व्यक्ति आएर वाटो छेक्दै नमस्कार वावु भन्नु भयो । मैले नमस्कार फर्काए । वहॉले सोध्नु भयो वहॉ नानी को हो ? चिनिन नी !

मैलै भने वहॉ हजुरकि हुनेवाला वुहारी र मेरी श्रीमती भने ।

वहॉ गाऊको चन्द्र शेखर काका हुनुहुन्थ्यो । अमिलो मुख पार्नु भयो थु थु गर्दै शिव शिव ..यो के सुन्नु पर्यो भन्दै भाग्नु भयो । चट्याङ परेजस्तो घटना के भयो ईभाले वुझेकि थिईनन् । मैले पछि सविस्तार वताए पछि यति जोडले हॉस्दै लडिवुडि गरिन कि वाटो आऊने जाने सवै ऊभिएर हाम्रो तमासा हेर्दै थिए । …..
क्रमश;

कथाकार
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com