बोक्सीको आरोपमा कुटिनेलाई मिलापत्र गराउने मेयरमाथि गोली प्रहार


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

बोक्सीको आरोपमा राधा चौधरीलाई मरणासन्न हुने घटनामा मिलापत्र गराएको भन्दै आलोचित कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ।

गोली र खुकुरी प्रहारबाट चौधरी घाइते भएका छन्। आफ्नै निवासमा बसिरहेको अवस्थामा सोमबार करिब राति ८ बजेर १५ बजेतिर आक्रमण भएको बताइएको छ। सुख्खड बजारमा रहेको घरमै  चौधरीमाथि गोली प्रहार भएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार चौधरीको कम्मरमा गोली लागेको छ भने टाउँकोमा खुकुरी प्रहार भएको छ। चौधरीलाई हाल उपचारका लागि घोडाघोडी अस्पतालमा भर्ना गरिएको छ । उनी अचेत रहेको र अवस्था गम्भीर भएकाले कोहलपुर मेडिकल कलेज बाँके रिफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com