विमानस्थल दुर्घटनामा मृतकको संख्या ४९ पुग्यो, सवै शव टिचिङमा संकलन गरिँदै


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान अवतरण गर्ने क्रममा भएको आगलागीमा परी ४९ जनाको मृत्यु भएको छ । मृतकको शव टिचिङ अस्पतालमा ल्याई आफन्तलाई बुझाउने प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । धेरैको शव टिचिङमै रहेको र केही शव विभिन्न अस्पतालबाट ल्याउने क्रम जारी रहेको प्रहरी कार्यालयले जनाएको छ ।

२२ जना घाइतेको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । सोमबार दिउँसो २ बजेर १८ मिनेट जाँदा युएस बंगालको विएच–८ बम्बारडियरको विमान त्रिभुवन विमानस्थलको धावन मार्गमा चिप्लिएर दुर्घटना भएको थियो । सवै मृतकको सनाखत र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com