नुवाकोट महोत्सवमा दुई करोडको कारोबार


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

फागुन २८, नुवाकोट । ‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ विदुरमा सञ्चालन भएको पाँचौँ नुवाकोट महोत्सव आइतबार सम्पन्न भएको छ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ गतेबाट शुरु भएको महोत्सव १२ दिनसम्म चलेको थियो। महोत्सव समापन कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले महोत्सवले जिल्लाको आर्थिक गतिविधि र व्यावसायिक विस्तारमा सकारात्मक प्रभाव पारेको बताए।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले मेला महोत्सवको माध्यमबाट जिल्लामा आर्थिक समृद्धिको मार्ग खोजी हुनुपर्नेमा जोड दिए। महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको र करीब दुई करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ।

जिल्लाको स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ शुरु गरिएको महोत्सवले जिल्लाको समृद्धिका लागि भूमिका खेलेको संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए। महोत्सवबाट स्थानीय उत्पादन हस्तकलाका सामग्री र कृषिजन्य उत्पादनको प्रवद्र्धन भएको छ। ११ दिनसम्म सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि महोत्सवमा सहभागी व्यवसायीको मागलाई ध्यानमा राखी एक दिन थप गरिएको थियो।
महोत्सवमा पछिल्ला दिनमा दर्शकको संख्यामा उलेख्य मात्रामा वृद्धि भएको थियो। महोत्सवमा विभिन्न चर्चित कलाकारले आ–आफ्नो प्रस्तुति दिएका थिए । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com