बेलायतबाट नेपाल फर्कंदा बानेश्वरमा रहेको २ करोडको जग्गा गायब, जग्गा मालिकको उड्यो होश


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

काठमाडौं- आफ्नो जग्गामा नयाँ घर देख्दा आश्चर्य बेलायतबाट दुई महिनाअघि फर्किएका पाँचवीर राई त्यतिवेला छक्क परे, जतिवेला बानेश्वरमा रहेको आफ्नो जग्गामा दुईवटा घर ठडिएको देखे । न त कसैलाई उनले उक्त जग्गा लिजमा थिए, न त उनका आफन्तले घर बनाउन स्वीकृत लिएका थिए । अपरिचित व्यक्तिहरूले उनको जग्गामा घर बनाइसकेका हुन् । थाहै नपाई अर्कैको नाममा लालपुर्जा घरधनी भेट्दा उनीहरूले आफूहरूले उक्त जग्गा खरिद गरेको भन्दै लालपुर्जा देखाए ।

त्यसपछि राई झन् तनावमा परे । २३ वर्षअघि किनेको जग्गा उनकै नाममा थियो । करिब दुई करोड मूल्य पर्ने जग्गामा लालपुर्जा अरूकै नाममा देखेपछि उनले त्यसलाई विश्वास नै गर्न सकेनन् । मालपोत कार्यालयमा गएर हेर्दा उनी आफैँले उक्त जग्गा बिक्री गरेको रेकर्ड देखियो । तर, उनले जग्गा बिक्री गरेकै थिएनन् ।

विदेश भएका वेलामा एक गिरोहले उनको नक्कली नागरिकता र लालपुर्जा बनाएर अरूलाई नै जग्गा बिक्री गरेको थियो । भूमाफियाको बिगबिगी राई लामो समयदेखि बेलायत बस्दै आएका छन् । उनको परिवारका सबैजसो उतै बस्ने भएकाले जग्गाको ख्याल गर्ने व्यक्ति नहुँदा यसरी जग्गा माफियाले नक्कली लालपुर्जा र नागरिकताका आधारमा किनबेच गरेका हुन् ।

मालपोतका कर्मचारीलाई जग्गाधनी बनाई किनबेच दुई महिनाअघि नेपाल आएका राईले जग्गा हेर्न जाँदा घर बनेको देखेपछि बुझ्दा त्यसरी आफ्नो जग्गा अरूले नै किनबेच गरेको खुलेको हो । नक्कली नागरिकता बनाई मालपोतमा अर्काे व्यक्तिलाई जग्गाधनीका रूपमा प्रस्तुत गरेर त्यसरी महँगो जग्गा खरिद–बिक्री भएको हो । उक्त घटनामा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरूको समेत मिलेमतो देखिएको प्रहरीले जनाएको छ ।

मालपोत कर्मचारीले नक्कली लालपुर्जा चिन्दैनन् मालपोतका कर्मचारीले नक्कली लालपुर्जासमेत नचिन्दा यस्ता ठगी हुने गरेका छन् । धेरैजसोमा मालपोत कार्यालयका कर्मचारीकै मिलेमतो हुने गरेको छ । प्राय: विदेशमा रहेका र जग्गा किनेर त्यसमा खेती नगरी त्यतिकै छाडिदिएका जग्गा खोजेर भूमाफियाहरूले त्यसको नक्कली लालपुर्जा बनाएर ठगी गर्दै आएका छन् ।

नक्कली लालपुर्जा बनाएर जग्गा बेच्ने पक्राउ नक्कली लालपुर्जा बनाएर जग्गा बेच्ने हरिकुमार भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । सुरुमा भट्टराईले उक्त जग्गा आफ्नो नाममा दर्ता गरेर अरूलाई बिक्री गरेका थिए । उक्त जग्गा चारजनाबीच किनबेच भइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेश आचार्यले बताए । महानगरपालिकाको वडा नम्बर ९ अन्तर्गतको ५५५ नम्बर कित्ताको राईको उक्त जग्गा २ असार ०६५ मा भट्टराईले आफ्नो नाममा नामसारी गरेका थिए । पछि जग्गा टुक्र्याएर पाँच–पाँच आना बनाई दुई व्यक्तिलाई बिक्री गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com