नेपालको उच्च शिक्षामा डायस्पोराका नेपालीको भूमीकाबारे टोरोण्टोमा अन्तराष्ट्रिय सम्मेलन हुने


प्रकाशित मिति : फाल्गुन २७, २०७४ आईतबार

दिपक गौतम

नेपालको उच्च शिक्षामा डायस्पोराका नेपालीको भूमिका खोज्न क्यानडाको टोरोण्टोमा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ।

आउँदो जुलाई ७ र ८ गते क्यानडाको टोरोण्टोमा आयोजना गर्न लागिएको सम्मेलनमा विदेशमा सिकेको ज्ञान र सिपलाई नेपालको उच्च शिक्षामा कसरी उपयोग गर्न सकिन्छ भन्नेवारे छलफल हुने छ ।

 

युरोपमा आधारित रहेर काम गरिरहेको ग्लोबल पलिसि फर नेपाल (जिपिएफएन), क्यानडा फाउन्डेसन फर नेपाल (सिएफएफएन) र एसोसिएसन अफ नेप्लीज इन अमेरीका(एएनए) को संयुक्त आयोजनामा सम्मेलन गर्न लागीएको हो ।

‘डायस्पोराका नेपाली अध्येता, विज्ञ एवं प्राविधीकको सहभागीतामा नेपालको उच्च शिक्षा सुधारका सम्भाव्यता खोज्ने यो एउटा महत्वपूर्ण अवसर हो’, आयोजक समितिका संयोजक डा तुलसी धरेलले भने, ‘छरिएर रहेको दक्षतालाई एकिकृत गरि योजनाबद्ध प्रयोगको बाटो सम्मेलनले खोल्नेछ।’

सम्मेलनमा शिक्षा क्षेत्रका विकसित प्रविधि र प्रयोग, चल्तिका अनुसन्धान क्षेत्र, नेपालको उच्च शिक्षासंग अन्तराष्ट्रिय समन्वयको सम्भावना, खुल्ला विश्वविद्यालय एवं दुर शिक्षाको प्रयोग र नेपालको उच्च शिक्षालाई परिस्कृत गराउन डायस्पोराका नेपालीको भुमिका जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरिने छ ।

उच्च अध्ययनका लागी विदेशमा रहेका अध्येता, अनुसन्धाता, शैक्षिक प्रसासक, खुला सिकाइ सम्वन्धि विज्ञ, विद्यार्थी एवं पेशाकर्मीहरुको सहभागीता रहने अन्तराष्ट्रिय सम्मेलनलाई  नेपाली दुतावास क्यानडा, एनआरएन क्यानडा, र कन्सर्न नेपाल क्यानडाले प्रायोजन गर्नेछन् ।

सम्मेलनमा उल्लेखि क्षेत्र भित्र पर्ने गरि एपिए फर्मेटमा २५ सय शव्दको कार्यपत्र आव्हान गरिएको छ ।

सम्मेलनको निष्कर्ष र प्रस्तुत कार्यपत्रहरुलाई एकमुष्ठ गरि किताबको रुपमा प्रकासित गरिने र उपयुक्त राय सुझावहरु सम्वन्धित निकायमा पठाइने संयोजक धरेलले जानकारी दिए।

Source : Setopati

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com