एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला


प्रकाशित मिति : फाल्गुन २७, २०७४ आईतबार

फागुन २७, भोजपुर । भोजपुरको दक्षिणी रामप्रसाद राई गाउँपालिका ६ वैकुण्ठेमा एक दम्पति मृत भेटिएका छन् ।

तीन दिन अघिदेखि वेपत्ता भएका ४२ वर्षीय प्रेमकुमार राई घरदेखि करिब २ सय मिटर टाढा आफ्नै पेन्टको बेल्टको पासो लगाएर झुण्डिएको र बेल्ट चुँडिएर घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

घटनास्थल पुगेर प्रहरीले श्रीमान्को मुचुल्का तयार गर्दै गर्दा उनकी ३९ वर्षीया श्रीमती फुलकुमारी राई पनि हराएपछि खोजी गर्दै जाँदा घटनास्थलभन्दा करिब एक सय मिटर तल झुण्डिएको अवस्थामा मृत फेला परेको बताइएको छ ।

दुवै जनाको शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चरित्रबिक्रम कार्कीले जानकारी दिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com