सौराहामा थारु नाच (फोटो फिचर)


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

चितवनको सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु थारू संस्कृतिमा लोभिने गरेका छन् ।सौराहामा समूहगत रुपमा थारू युवायुवती मिलेर झमटा नाच, ठेकरा नाच, लौरो नाच, झुमरा डम्फु नाच प्रस्तुत हुन्छन् । नेपालकै मुख्य पर्यटकीय गन्तव्य हो चितवनको सौराहा । सौरहामा मुख्यगरी पर्यटकहरु हात्ती सफारी, जिप सफारी, डुंगा सफारी, जंगल वाक ९भ्रमण० गर्ने, दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा, बाघ, हात्ती, चित्तल, गौरीगाई, भालुहरु हेर्ने तथा प्रकृतिमा रमाउने गर्छन् ।

चितवनको सौराहास्थित थारु कल्चर हाउसमा पर्यटकका लागि मौलिक नाच प्रस्तुत गर्दै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com