महाकाली नदीमा हराएका बालक भेटिएनन्


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

फागुन २६, बैतडी । मलामी गएका बेला महाकाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बैतडीका एक बालक तीन दिनसम्म पनि भेटिएका छैनन्।

शिवनाथ गाउँपालिका–६ बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी बिहीबार आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन्।

शिवनाथ गाउँपालिका–१ खाणघाटमा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरी चौकी महाकालीबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले बेपत्ता बालकको खोजी गरिरहेका छन्। रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com