देशले अब कहिल्यै लोडसेडिङको तालिका नपाउने :कुलमान घिसिङ


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

फागुन २६, झापा। कन्काई नगरपालिकालाई देशकै पहिलो विद्युत चुहावटलाई नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरेका छन् ।

घोषणासँगै घिसिङले देशले अब कहिल्यै लोडसेडिङको तालिका नपाउने र केही महिनादेखि विद्युत प्राधिकरणले जनतालाई बढी विद्युत खपत गर्नका लागि सार्वजनिक सूचना जारी गर्ने दाबी गरेका हुन् । लोडसेडिङभन्दा पनि अबका दिनममा उत्पादन भएको बिजुली कसरी खपत गर्ने भन्नेतिर सोच्ने बेला आएको घिसिङले बताए ।

केही महिनापछि नै पूर्वको कावेली करिडोरको १०० मेघावाट बिजुली उत्पादन भएर आउने तयारीमा रहेको बताउँदै घिसिङले उक्त बिजुली पूर्वाञ्चल क्षेत्रमै खपत हुने भएकाले विजुलीको उत्पादन प्रशारण लाइनमा जोड्नसाथ पूर्व क्षेत्रलाई हालको मागअनुसार सम्पुर्ण रुपमा विजुली पुग्ने जनाए ।

नेपाल विद्युत प्राधिकरणले अबको डेढ वर्षभित्र सम्पुर्ण विद्युत आयात गर्न छाडेर आफैँ आत्मनिर्भर हुनेगरी प्राधिकरण र सरकार मिलेर काम गरिरहेको समेत जानकारी दिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com