यी ड्राइभर जो कतारमा बुद्ध नेपालमा जन्मेको प्रचार गर्छन्


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

नेपालमा गत फागुन १९ गते बुद्ध नेपालमा जन्मेको भनी ‘गिनिज बुक वर्ड’मा नाम लेखाउन बुद्धवचन ‘धम्मपद’ वाचन एकै साथ ७५ हजार भन्दा बढी मानिसले गरेका छन् । गिनिज बुकमा नयाँ रेकर्ड राख्नको लागि प्रक्रिया जारी छ । हुन यी सब गरिरहनु पर्थेन विश्वलाई थाहा छ । युनेस्कोमा पनि उल्लेख भएको नै छ । तर, छिमेकी देश भारतले बुद्ध भारतमा जन्मेको भ्रामक प्रचार गरिरहेकाले बाध्यता हो ।

मान्छे भन्दा कम चेतना भएको पशुपंक्षीले त आफ्नो सन्ता र वासस्थानको सुरक्षा गर्छ । भने मानिस त सर्बश्रेष्ठ प्राणी त्यसै पनि लाग्छ देशको माया । आफ्नो देशलाई अन्य देशले हेपेको कसैलाई पनि मान्य हुँदैन । त्यो सानो हो या अविकसित । झनै देश छाडेर गएपछि आफ्नो देश प्रति धेरै माया लाग्छ । त्यो स्वाभाविक नै । भाषा, संस्कार, संस्कति र मान्छे नै फरक प्रवृत्तिका हुन्छन् । यी र यस्तै को एक पर्‍याय छन् कतार रोजगारीका लागि पुगेका खेम चौधरी । करिब १० वर्ष अगाडी रोजगारीका लागि कतार पुगेका नवलपरासी चौधरी ट्रक ड्राइभर हुन् ।

उनले चलाउने ट्रक त कतारकै छन् । तर, नम्बर प्लेट मात्रै फरक । उनले प्रयोग गर्ने ट्रकमा नेपाली झण्डा पेन्ट गरेका छन् । साथै उनले बुद्दको संकेतिक चिन्ह पनि पेन्ट गर्न भ्याएका छन् । त्यो भन्दा अझ महत्त्वपूर्ण चाहिँ उनले बुद्ध नेपालमा जन्मेको हो भनी प्रचारप्रार गर्छन् । चौधरी जहाँ पुगेपनि बुद्ध नेपालमा जन्मिएको प्रचार गर्दै पुग्छन् । उनले प्रचार गर्ने काइदा चाहिँ आफूले चलाउने ट्रक मार्फत गर्छन् । उनले चलाउने ट्रकको अगाडीको भागमै लेखेका छन्, ‘बुद्ध वाज बन इन नेपाल’ । उनले चलाउने त्यो ट्रक झन्डै कतार पुरै घुम्न भ्याउँ छ । उनको अनुभव छ ट्रक देख्नेले नेपाली ट्रक भनेको पनि ।

उनले सेनीटरी वाटर कलेक्सन गरेर ईफ्लेन्ट वाटर ट्रिटमेन्ट प्लान्टमा पुर्‍याउने काम गर्छन् । त्यति गर्दा उनले कतारको ठुलो, सानो सहरका सडकमा मज्जैले प्रचार गर्न भ्याएका छन् । चौधरी यी सब गर्नुको कारण चाहिँ बाल्यकाल देखिनै बुद्ध नेपालमा जन्मेको सुन्दै आएको र भारतले नक्कली कपिलबसतु बनाएर बुद्ध बारे भ्रामक फैलाएका रहेछन् । ट्रकमा लेखेको देखेर अन्य धेरै देशको मान्छेले पनि बुद्ध नेपालमा जन्मेको हो भन्ने थाहा पाएको बताऊँ छन् । उनले चासो देखाउनेलाई थप जानकारी समेत दिने गरेका रहेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com