Follow @khasokhasmag

छ लेन सडकमा ८० जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि सूर्यविनायकसम्मको छ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार सो अवधिमा चार हजार ६६२ सवारीसाधन दुर्घटना हुँदा १०६ गम्भीर घाइते र एक हजार ६१९ सामान्य घाइते भए । चालू आवको फागुन महिनाभित्र मात्र १७ जनाको मृत्यु भइसकेको छ ।

चारदोबाटो, सूर्यविनायकलगायत स्थानमा दिनहुँ दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसारसडकमा दुर्घटना हुनेमा बढी तीव्र गतिमा चल्ने ट्रक, टिपर र मोटरसाइकल बढी छन् ।
पर्याप्त सडकबत्ती नहुनु, ठिमी चोकमा ट्राफिक लाइट नहुनु, आकाशेपुल चोकदेखि पर हुनु, चारदोबाटोमा वारपार गर्ने सवारीसाधनका लागि आकाशे पुल नहुनु र सवारीसाधन मापदण्डभन्दा तीव्र गतिमा चलेका कारण बढी दुर्घटना भएको प्रहरीले जनाएको छ । सांसद महेश बस्नेतले अब तीनकुनेदेखि नै सडक व्यवस्थित गरिने बताउनुभयो । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com