विश्वका १० प्रमुख घरजग्गा व्यवसायी, कस्को सम्पति कति ?


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

प्रख्यात अमेरिकी म्यागेजिन फोब्र्सले केही दिनअघि सार्वजनिक गरेको विश्वका अर्बपतिको सूचीमा घरजग्गा (रियल स्टेट) व्यवसायीको वर्चश्व रहेको देखिएको छ ।

विभिन्न विधामा फोब्र्सले अर्बपतिको सूची सार्वजनिक गर्ने गरेकोमा यो वर्ष अन्य विधालाई पछि पार्दै रियल स्टेटतर्फका २ सय ४३ रियल स्टेट व्यवसायी अर्बपतिको सूचीमा दरिएका छन् ।

रियल स्टेट कारोबारबाट अर्बपतिको सूचीमा दरिएका यी प्रमुख १० व्यापारीहरुको सम्पतिको सूची यस्तो छ-

 

विश्वका अर्वपतिको सूचीमा २४औ स्थानमा रहेका चिनियाँ नागरिक वी का याङ घरजग्गा व्यवसायी हुन् । चाइना इिभ्रि ग्रान्डी ग्रुप अफ सेङझाङका अध्यक्ष रहेका वी को सम्पति ३०.३ बिलियन अमेरिकी डलर रहेको छ ।

 

अर्बपतिको सूचीमा रहेका हङकङका नागरिक ली साओ कि पनि रियल स्टेट व्यवसायी हुन् । उनी पनि विश्वका अर्वपतिको सूचीमा २४औं नम्बरमै छन् । उनको पनि चिनियाँ नागरिक वी कै जति ३०.३ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ ।

विश्वका अर्वपतिको सूचीमको २६औं स्थानमा रहेका चिनियाँ नागरिक वाङ जियान लिन पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पत्ति ३० बिलियन डलर रहेको छ । त्यस्तैगरी अर्वपत्ति सूचीको ४३औं नम्बरमा रहेकी चिनियाँ नागरिक याङ हुयान पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पत्ति २१.९ बिलियन अमेरिकी डलर रहेको छ ।

फोव्र्सको अर्बपति सूचीमा ७५औं स्थानमा रहेका हङकङका नागरिक जोशेफ लाऊ पनि रियल स्टेट व्यवसायी नै हुन् । उनको सम्पति १६.७ बिलियन अमेरिकी डलर रहेको छ ।

अर्बपतिको सूचीमा ७७औ स्थानमा रहेका थोमस रेमन्ड क्वाक पनि हङकङकै रियल स्टेट व्यवसायी हुन् । उनको सम्पत्ति १६.५ बिलियन अमेरिकी डलर रहेको छ । त्यस्तै अर्बपतिको सूचीमा ८०औं स्थानमा रहेका अमेरिकी नागरिक डोनाल्ड ब्रेन पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पति पनि १६.३ बिलियन अमेकिरी डलर रहेको छ ।

अर्बपतिको सूचीमा ८८औं स्थानमा रहेका बेलायतका डेभिड एन्ड सिमोन रेबन पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पति १५.५ बिलियन रहेको छ ।

त्यस्तैगरी अर्बपतिको सूचीमा १ सय २२औ स्थानमा रहेका हङकङका नागरिक पिटर ऊ पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पति १२.२ बिलियन अमेरिकी डलर रहेको छ ।

अर्बपतिको सूचीमा १ सय २७औं स्थानमा रहेका जर्मनीका मिसेल ओटोको सम्पति ११.८ बिलियन अमेरिकी डलर रहेको छ । उनी पनि रियल स्टेट व्यवसायी हुन ।

फोब्र्सले सार्वजनिक गरेका अर्बपतिहरुको सूची २०१८ को फेबु्रअरी सम्म कायम भएको सम्पत्तिको आधारमा तयार पारिएको हो । म्यागेजिनले उक्त दिनको सेयर मूल्य र विनियम दरको आधारमा सूची तयार पारेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com