कुवेतमा काम गर्ने नेपाली चेलीको ७ लाख खाएर भाग्ने प्रेमी समातिए


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

केहि दिन पहिले सामाजिक संजालमा पैसा खाएर फरार भनेर एउटा चेलीले अपलोड गरेको भिडियो सामाजिक संजालमा भाइरल भयो । भाइरल भएसंगै ती युवकलाई सबैले निगरानी पनि राखे त कतिले बेवास्ता पनि गरे । कुवेतमा मात्र होइन बिदेशमा यसरि पैसा खायर भागेर लुकी लुकी हिड्ने धेरै छन। तर अब लुकेर हिड्न त्यति सजिलो छैन भन्ने एउटा प्रमाण यो पनि हो । आजभोली सामाजिक संजालको मदतले एक दिनमै संसारभरि भाइरल हुन् सक्छ ।

कुवेतमा नेपाली चेलीले बिश्वास गरिन या उनीहरु बीच के सम्बन्ध थियो यति ठुलो पैसाको कारोबार भयो ? भन्ने प्रश्न सामाजिक संजालमा उठेकै छ । कतिले त ती युवतीले नेपाली भएकै नाताबाट कारोबार गरिन या उनीहरुको व्यक्तिगत सम्बन्धका कारण कारोबार गरिन भनेर गम्भीर प्रश्न पनि उठाएका छन् । ती युवतीले भिडियो अपलोड गरेपछि चारैतिर फैलियो र अहिले पैसा खाने युवक पनि केहि युवाहरुको फन्दामा परेका छन् ।

नयाँ नयाँ न्युज नेपालको युटुब च्यानलमा पैसा खाएर भाग्ने युवकलाई केहि युवाहरुले भेटेर त यो केटीलाई चिन्छ्स होइन भन्दै प्रश्न गरेका छन् । फरार भनिएका युवकलाइ प्रश्न गर्दै उनीमाथि हातपात पनि गरेका छन् र भनेका छन् त नै होइन नेपाली चेलीको पैसा खाएर भाग्ने भन्दै एकोहोरो प्रश्न गरेका छन् । फरार भनिएका युवक भने चर्को सोरमा नबोल्नुस बिस्तारै बोल्नुस न भन्दै आग्रह गरेको भिडियोमा हेर्न सकिन्छ ।

यदि पैसा नै खाएको छन् भने पनि त्यसरी कानुनलाई नै हातमा लिएर पिटपाट गर्दै सामाजिक संजालमा कसैको चरित्र हत्या गर्नु कति उचित होला त्यो भोलि भिडियो हेरेपछि नै मुल्यांकन गर्लान । गल्ति युवाककै भए पनि यसरि सार्वजनिक ठाउँमा यसो गर्नु उचित हुने थिएँन भनेर कतिले बिरोध पनि गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com