धम्काएर गाउँपालिका अध्यक्षसँग चन्दा माग्ने र आक्रमणको आरोपमा ४ जना विप्लपका कार्यकर्ता पक्राउ


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

फागुन २४, सुनसरी । धम्काएर चन्दा माग्ने र जनप्रतिनिधिलाई आक्रमण गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीलाई चन्दा माग्दै आक्रमण गरेको आरोपमा बुधबार नेकपा माओवाली ९विप्लप०का चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

विक्रान्त भन्ने युगल राई, सन्तोस भन्ने राजेन्द्र सिंह विष्ट, मोहन कार्की र लक्ष्मण कार्की पक्राउ परेका छन् । उनीहरू नेत्रबिक्रम चन्द विप्लवका कार्यकर्ता भएको बताएका छन् । सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ९डिएसपी० नारायणप्रसाद चिमरियाका अनुसार उनीहरुलाई न्यायिक हिरासतमा राखिएको छ । उने भने, ‘न्यायिक हिरासतमा राखेर कारबाही प्रक्रियाका लागि थप अनुसन्धान गर्दै छौं ।’ अध्यक्ष अन्सारीको कार्यकक्षमा प्रवेश गरेर पहिले चन्दा मागेको र चन्दा नदिएपछि आक्रमण गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com